सर्पले डसेर १२ वर्षीया बालिकाको मृत्यु
प्रकाशित मिति: शुक्रबार, आषाढ ०४, २०७८ | १७:३०:०० 1 minute
देउखुरी, ४ असार ।
देउखुरीमा सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गढवा गाउँपालिका –७ बिजयपुरका चेतबहादुर बोहोराकी १२ वर्षीया छोरी रेश्मा बोहोरा रहेको छ । आज बिहान करिब साढे सात बजे गोठमा पराल लिन गएका बेला गोमन सर्पले बालिकालाई डसेपछि गढवास्थित सर्पदंश उपचार केन्द्रमा उपचारार्थ भर्ना गरिएको र सो केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि बालिकालाई लमहीस्थित अस्पतालमा ल्याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेको मृतक बालिकाकी आमा सरिता बोहोराले जानकारी दिनुभयो । रासस
प्रकाशित मिति : शुक्रबार, आषाढ ०४, २०७८ |
१७:३०:००
111