
सिन्धुली,६ माघ ।
सिन्धुलीको दुधौली नगरपालिका डकाहाबाट चकमके जाँदै गरेको जिप दुर्घटना हुँदा मंगलबार दिउँसो एकको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ५ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार स १ च १६७७ नम्बरको जिप दुर्घटना हुँदा ६५ वर्षीया चम्पामाँया तिम्सिनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेको डकाहा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । दुर्घटनाको आवश्यक अनुसन्धान भैरहेको सिन्धुली प्रहरीका एसपी आभुषण तिम्सिनाले बताए ।