भरतपुर अस्पतालमा आँखा उपचार सुरु

चितवन,६ माघ।

चितवनको भरतपुरमा रहेको केन्द्रीय स्तरको भरतपुर सङ्घीय अस्पतालले आज (मंगलबार)देखि आँखा उपचार सेवा सुुभारम्भ गरेको छ । नेपाल सरकारले केन्द्रीय स्तरको अस्पतालमा स्तरीकरण गरेपछि भरतपुर अस्पतालले विशिष्टकृष्ट सेवा सञ्चालनलाई प्राथमिकता दिँदै आँखा उपचार सेवा सञ्चालन गरेको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले बताउनुुभयो ।

अस्पतालले आँखा उपचार सेवा सञ्चालनका लागि ओपीडी भवनको माथिल्लो तलामा छुुट्टै विभाग स्थापना गरेर आज उद्घाटन गरेको हो । डा सुमित पाण्डे र डा पृथा भट्टको टिमले आँखा रोगको उपचार गर्ने अध्यक्ष अधिकारीले बताउनुुभयो । उहाँहरु छात्रवृत्तिमा अध्ययन गर्नुुभएको चिकित्सकहरु भएको भन्दै अधिकारीले आगामी दिनमा लोक सेवा आयोगबाट नेत्र चिकित्सक नियुक्ति गरिने उहाँको भनाइ छ ।

आँखा उपचार विभागको उद्घाटन गर्दै अध्यक्ष अधिकारीले सुरुआति चरणमा भरतपुर अस्पतालमा सामान्य आँखाको जाँच मात्र हुने बताउनुुभयो । बिरामीको चाप बढ्दै गएपछि विस्तारै शल्यक्रिया पनि गरिने उहाँले बताउनुभयो । केन्द्रीय अस्पतालको रुपमा स्तरोन्नति भएपछि भरतपुर अस्पतालले आँखा उपचार विभाग स्थापना गर्नु आफैमा उदाहरणीय काम भएको उहाँको भनाइ छ ।

अस्पतालले विस्तारै शल्यक्रियालगायतका लागि आवश्यक उपकरण थप्ने भन्दै उहाँले विशेषज्ञता सहितको विशिष्टिकृट सेवा प्रदान गर्न अस्पताल तयार रहेको बताउनुुभयो । सो कार्यक्रममा अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीले आँखाको उपचारको काम गर्दै जाँदा आवश्यक पर्ने उपकरणहरु तत्काल खरिद गरेर अगाडि बढ्ने बताउनुुभयो । अस्पतालको ओपीडीमा आउने बिरामीहरु अधिकांश सुुगर, प्रेसरलगायतका दीर्घ रोगीहरु हुुने भन्दै उनीहरुले नियमित रुपमा आँखा जाँच गर्नुुपर्ने तिवारीले बताउनुुभयो ।

अस्पतालको आँखा रोग विभागका विभागीय प्रमुख डा सुमित पाण्डेले सेवाको सुरुआती चरणमा आँखाको पावर जाँच गरिने बताउनुुभयो । औषधिको प्रयोगबाट उपचार हुने सबै सेवा उपलब्ध हुने भन्दै पाण्डेले सामान्य शल्यक्रिया समेत गरिने बताउनुुभयो । आँखामा सामान्य चोटपटक लागेका, आँखाको ढकनी र आँखाको नानीमा मासु पलाएकोअवस्थामा उपचार गरिने भन्दै डा पाण्डेले मोतियाविन्दु र आँखाको भित्री शल्यक्रिया भने अहिले सम्भव नभएको बताउनुुभयो ।

अस्पतालले आँखा उपचार सेवा सुरु गरेपछि नियमित रुपमा आँखा परीक्षण गर्नुपर्ने र आँखाको भिजन परीक्षण गरेर चस्माको प्रयोग गर्नुपर्ने बिरामीहरु बढी लाभान्वित हुने उहाँको भनाइ छ । अस्पतालको अन्य ओपीडीबाट रिफर भएर आएका बिरामीले निःशुल्क रुपमा आँखा परीक्षण गर्न पाउने भन्दै पाण्डेले नयाँ बिरामीले भने टिकट काट्नुपर्ने बताउनुुभयो ।