सचिन तेन्दुलकरका छोरा अर्जुनले आइपिएल खेल्ने

सचिन तेन्दुलकरका छोरा अर्जुनले आइपिएल खेल्ने

काठमाडौं,७ फागुन ।

भारतीय क्रिकेट टिमका पूर्व कप्तान तथा ब्याट्सम्यान सचिन तेन्दुलकरका छोरालाई मुम्बई इन्डियन्समा अनुबन्धित भएका छन् । हिजो भएको आईपीएल १४औँ सिजनको अक्सनमा अजुर्न तेन्दुलकरलाई मुम्बई इन्डियनले २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो ।

सचिनको पूर्व टिम रहेको मुम्बईले अक्सनको अन्तिम समयमा अजुर्नलाई खरिद गरेको थियो ।

२१ वर्षीय अर्जुन बायाँ हाते तीव्र गतिका बलर रहेका छन् । उनले भारतको उमेर समूह र घरेलु क्रिकेट खेलीसकेका छन् । अर्जुनले गत जनवरीमा मुम्बईबाट हरियाणविरुद्ध भारतको चर्चित टि–२० प्रतियोगिता शैद मुश्ताक अली ट्रफीमा डेब्यु गरेका थिए । उक्त खेलमा उनले ३ ओभरमा ३४ रन खर्चेर १ विकेट लिएका थिए ।