वैशाखभर विद्यालय बन्द गर्ने सरकारको निर्णय
प्रकाशित मिति: सोमबार, बैशाख ०६, २०७८ | १०:३५:१९
काठमाडौं, ६ वैशाख ।
मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा। शिवमाया तुम्बाहाङफेले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् बैठकले पारित गरेको कोभिड–१९ सम्बन्धी नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालय भौतिक कक्षा सञ्चालन बन्द गर्न भनिएको छ । शनिबारको सीसीएमसी बैठकले वैशाख मसान्तसम्म शहरी क्षेत्रको विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।
यातायात सहितका सार्वजनिक स्थानमा मापदण्ड बनाएर सञ्चालन गर्न सरकारले आजै राजपत्रमा सूचना प्रकाशित गर्नेछ ।
प्रकाशित मिति : सोमबार, बैशाख ०६, २०७८ |
१०:३५:१९
507