राष्ट्रपति भण्डारीद्वारा संसद् अधिवेशन अन्त्य
प्रकाशित मिति: सोमबार, बैशाख ०६, २०७८ | ११:४१:३४
काठमाडौँ वैशाख ६-
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्यको घोषणा गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सोमबार संविधानको धारा ९३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्यको घोषणाका गरेकी हुन् ।
प्रतिनिधिसभा पुनःस्थापना भएपछि गत फागुन २३ गतेदेखि प्रतिनिधिसभाको अधिवेशन चालू रहेको थियो ।
प्रकाशित मिति : सोमबार, बैशाख ०६, २०७८ |
११:४१:३४
595