चौबीस घण्टामा १ हजार २८१ संक्रमित थपिए, ८ जनाको मृत्यु
काठमाडौं,६ वैशाख।
पछिल्लो २४ घण्टामा १ हजार २ सय २७ जना कोरोनाका संक्रमितहरु थपिएका छन्। यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८५ हजार ९ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पिसिआर परीक्षणमा १ हजार २ सय ८१ र एन्टिजेनमा ५४ गरी १ हजार २स य ८१ जनामा कोरोना पुष्टि भएको हो। जसमध्ये ७ हजार २ सय ५४ जना आइसोलेसनमा छन्। यसअघि आइतबार १ हजार ९६ जना कोरोना संक्रमित भेटिएका थिए। यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या ३ हजार ९१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उमेर समूहका अनुसार २० वर्षदेखि २९ वर्षका ३ सय ७ जना, ३० देखि ३९ का २ सय ७५, ४० देखि ४९ का २ सय २२ र अन्य उमेर समूहका ४ सय २२ जना कोरोनाका संक्रमित थपिएका हुन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ जना ९० देखि १०० वर्ष उमेर समूहका व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार अहिलेसम्म ७ हजार २ सय ५४ जना आइसोलेसमा रहेका छन् भने ८१ जना क्वारेन्टाइनमा रहेका छन्। २४ घण्टामा संक्रमित हुनेमा ७ सय ७१ पुरूष र ४ सय ५६ जना महिला रहेका छन्।