होटल तथा रेष्टुरेन्ट बेलुका ८ बजेसम्म मात्र चल्न पाउने
प्रकाशित मिति: सोमबार, बैशाख ०६, २०७८ | १८:०४:१९
काठमाडौँ,६ वैशाख।
कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै सरकारले होटल तथा रेष्टुरेन्ट बिहान ८ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म मात्रै खोल्न पाउने निर्णय गरेको छ।
सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पार्वत गुरुङले तोकिएको समयभन्दा बाहेक होटल तथा रेष्टुरेन्टले होम डेलिभरी भने गर्न सक्ने बताए।
यस्तै राजमार्ग क्षेत्रमा रहेका होटल तथा रेष्टुरेन्टले जनस्वास्थ्यका मापदण्डको पालना गर्नु पर्नेछ।
प्रकाशित मिति : सोमबार, बैशाख ०६, २०७८ |
१८:०४:१९
485