दाङमा जुवाँ खेल्ने पाँचजना पक्राउ,खालबाट १ लाख ८० हजार रुपैयाँ बरामद
प्रकाशित मिति: सोमबार, बैशाख ०६, २०७८ | २१:१९:११
दाङ , ६ बैशाख।
दाङमा जुवाँ खेल्ने पाँचजना पक्राउ परेका छन् । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ बालमन्दिर टोल स्थित झुपल के सीको घरबाट प्रहरीले आइतबार राती तास खेलिरहेका पाँचजनालाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले १ लाख ८० हजार रुपैयाँ नगद तथा विभिन्न बैंकको ७ वटा चेक समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिए । प्रहरीले घरधनी समेत रहेका घोराही उपमहानगरपालिका वडा नम्बर १५ बस्ने बर्ष ४३ को झुपल के सी , सोहि स्थानका बर्ष २७ को खगेन्द्र सापकोटा , वडा नम्बर १४ बस्ने बर्ष ४३ को बालाराम खड्का , सोहि स्थान निवासी बर्ष २४ को मरिजमान खड्का , बर्ष ३५ को चन्द्र बुढालाई पक्राउ गरि कारबाही प्रक्रिया अगाडी बढाइएको रिजालले बताए ।
प्रकाशित मिति : सोमबार, बैशाख ०६, २०७८ |
२१:१९:११
1233