चितवनमा भूकम्पको धक्का

चितवन, ५ जेठ ।

चितवनमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ छ । आज बिहान पाँच बजेर ४२ मिनेटमा भूकम्पको धक्का महसुस भएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ सिस्मोलोजिस्ट लोकविजय अधिकारीले जानकारी दिए । भूकम्पको क्षतिबारेमा जानकारी आइसकेको छैन ।

काठमाडौंबाट ११५ किलोमीटर उत्तरपश्चिम लमजुङ जिल्लामा केन्द्रबिन्दु बनाएर ५.८ रेक्टस्केलको भूकम्प गएको अधिकारीले बताए ।

आज बुधबार बिहान गएको भूकम्पको धक्का चितवन, नवलपरासी (बर्दघाट-सुस्तापूर्व), तनहुँ, मकवानपुर,लमजुङ, गोरखा लगाएतका जिल्लामा समेत महसुस गरिएको थियो ।

भुकम्पले परेको असरबारे जानकारी आएको छैन ।