लमजुङमा भूकम्पबाट घर भत्किए, केही स्थानीय घाइते

लमजुङ ५ जेठ।

लमजुङमा बुधबार बिहान गएको भूकम्पमा केही घर भत्किनुका साथै केही स्थानीय घाइते भएका छन् । मर्स्याङ्दी गाउँपालिकाको भुलभुले क्षेत्रलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु मर्स्याङ्दी गाउँपालिकाका घरहरूमा बढीजसो क्षति पुगेको छ । गाउापालिका अध्यक्ष अर्जुन गुरुङले भूकम्पपछि मानिसहरू भागाभाग भएको बताए । उनका अनुसार केही घरमा क्षति भएको र केही घाइते भएको जानकारीमा आएको छ । ‘तर यकिन विवरण आउन अझै बााकी छ,’ उनले भने ।स्थानीयका अनुसार मर्स्याङ्दी गाउँपालिका–६, ठूलीबेंसीमा २२ वर्षीय गोविन्द अधिकारी घाइते भएका छन् ।