एकै वर्षमा खैरहनीमा तीन वटा पुल निर्माण (भिडियो सहित)
धुर्वराज खनाल
असार ५ गते ।
चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षमा तीन वटा पुल निर्माण गरेको छ । गत आर्थिक वर्षमा २ वटा पुल निर्माण गरेको यस नगरपालिकाले यो वर्ष थप ३ वटा पुन निर्माण गरेको हो । नगरपालिकाको वडा नम्वर २ मा लदरी खोला, खैरहनी ९ चात्रा खोला र खैरहनी ७ र ९ लाई जोड्ने पम्फा खोलामा पुल निर्माण गरेको नगर प्रमुख लालमणि चौधरीले जानकारी दिए ।
नगरकै आन्तरीक आम्दानीबाट ती पुल वनाईएको हो । ति तीन वटा पुललाई नगरपालिकाले नगर गौरवका आयोजनामा पारेर निर्माण गरेको हो । कोरोना भाइरसले गत वर्ष केही ठुला योजनाहरु हुन पाएनन् नगर प्रमुख चौधरीले भने, – कोरोना कहरका बीच पनि नगर गौरवका आयोजनासहित अन्य योजनाका काम धमाधम भईरहेका छन् । खैरहनी ९ को सिमलटाँडीदेखि दक्षिणतर्फ सुल्तनामा २ करोड २४ लाखको लागतमा पुल निर्माण गरिएको छ । सो पुल निर्माण सम्पन्न भईसकेको छ । खैरहनी ७ र ९ लाई जोड्ने सो पुलले ति दुई वटाका स्थानीयलाई आवातजावतमा सहजता मिलेको छ । केविसी विल्डर कम्पनी भरतपुरले ठेक्का सम्झौता गरेर काम गरेको थियो । खैरहनी २ लदरा खोलामा १ करोड ९५ लाखमा जि.एम.आर कन्स्ट्रक्सन प्रालि भरतपुरले पुल निर्माण गरेको नगरपालिका योजना शाखा प्रमुख इन्जिनियर सुमन श्रेष्ठले बताए । लदरी पुलको एप्रोज स्लाव ढलान र पुलको दायाँ वायाँ जाली लगाउने काम वाँकी रहेको छ । सो पुलबाट खैरहनी २,३ र ४ का स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् । त्यस्तै सडक वोर्डको गलत डिजाईनका कारण खैरहनी ९ चात्रा खोलामा निर्माण हुन नसकेको पुल नगरपालिका आफैले बनाउँदै छ । १ करोड ७ लाखमा सम्झौता भएकोमा अहिले निर्माणको काम भईरहेको छ । एम.आर एण्ड गु्रप डि.एन.वी जेवी भरतपुरलाई ठेक्का परेको हो । सो पुलको पनि एप्रोज स्वाल ढलान,जाली लगाउने र रेलिङ हाल्ने काम वाँकी रहेको इन्जिनर श्रेष्ठले वताए । सो पुल निर्माण पछि खैरहनी ९ र राप्ती ८ र ९ का स्थानीयलाई वजार आवातजावतमा सहजता मिल्नेछ । खैरहनी नगरपालिका उपमेयर सुनिता थपलियाले नगर गौरव र अन्य योजनाका कामहरुको नियमित अनुगमन भईरहेको बताइन् । शनिवार र विदाको दिन पनि योजनाहरुको अनुगमनमा व्यस्त रहेको उनले वताईन् । संघीय सरकारले आगामी आर्थिक वर्षमा मगनी पुल,नमुना पेट्रोल पम्पबाट दक्षिण तर्फ पम्फा खोला,ढुग्रे खोलामा पुल निर्माणका लागि वजेट विनियोजन गरिसकेको छ ।एकै वर्षमा खैरहनीमा तीन वटा पुल निर्माण
धु्रवराज खनाल, असार ५ गते । चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षमा तीन वटा पुल निर्माण गरेको छ । गत आर्थिक वर्षमा २ वटा पुल निर्माण गरेको यस नगरपालिकाले यो वर्ष थप ३ वटा पुन निर्माण गरेको हो । नगरपालिकाको वडा नम्वर २ मा लदरी खोला, खैरहनी ९ चात्रा खोला र खैरहनी ७ र ९ लाई जोड्ने पम्फा खोलामा पुल निर्माण गरेको नगर प्रमुख लालमणि चौधरीले जानकारी दिए । नगरकै आन्तरीक आम्दानीबाट ती पुल वनाईएको हो । ति तीन वटा पुललाई नगरपालिकाले नगर गौरवका आयोजनामा पारेर निर्माण गरेको हो । कोरोना भाइरसले गत वर्ष केही ठुला योजनाहरु हुन पाएनन् नगर प्रमुख चौधरीले भने, – कोरोना कहरका बीच पनि नगर गौरवका आयोजनासहित अन्य योजनाका काम धमाधम भईरहेका छन् । खैरहनी ९ को सिमलटाँडीदेखि दक्षिणतर्फ सुल्तनामा २ करोड २४ लाखको लागतमा पुल निर्माण गरिएको छ । सो पुल निर्माण सम्पन्न भईसकेको छ । खैरहनी ७ र ९ लाई जोड्ने सो पुलले ति दुई वटाका स्थानीयलाई आवातजावतमा सहजता मिलेको छ । केविसी विल्डर कम्पनी भरतपुरले ठेक्का सम्झौता गरेर काम गरेको थियो । खैरहनी २ लदरा खोलामा १ करोड ९५ लाखमा जि.एम.आर कन्स्ट्रक्सन प्रालि भरतपुरले पुल निर्माण गरेको नगरपालिका योजना शाखा प्रमुख इन्जिनियर सुमन श्रेष्ठले बताए । लदरी पुलको एप्रोज स्लाव ढलान र पुलको दायाँ वायाँ जाली लगाउने काम वाँकी रहेको छ । सो पुलबाट खैरहनी २,३ र ४ का स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् । त्यस्तै सडक वोर्डको गलत डिजाईनका कारण खैरहनी ९ चात्रा खोलामा निर्माण हुन नसकेको पुल नगरपालिका आफैले बनाउँदै छ ।
१ करोड ७ लाखमा सम्झौता भएकोमा अहिले निर्माणको काम भईरहेको छ । एम.आर एण्ड गु्रप डि.एन.वी जेवी भरतपुरलाई ठेक्का परेको हो । सो पुलको पनि एप्रोज स्वाल ढलान,जाली लगाउने र रेलिङ हाल्ने काम वाँकी रहेको इन्जिनर श्रेष्ठले वताए । सो पुल निर्माण पछि खैरहनी ९ र राप्ती ८ र ९ का स्थानीयलाई वजार आवातजावतमा सहजता मिल्नेछ । खैरहनी नगरपालिका उपमेयर सुनिता थपलियाले नगर गौरव र अन्य योजनाका कामहरुको नियमित अनुगमन भईरहेको बताइन् । शनिवार र विदाको दिन पनि योजनाहरुको अनुगमनमा व्यस्त रहेको उनले वताईन् । संघीय सरकारले आगामी आर्थिक वर्षमा मगनी पुल,नमुना पेट्रोल पम्पबाट दक्षिण तर्फ पम्फा खोला,ढुग्रे खोलामा पुल निर्माणका लागि वजेट विनियोजन गरिसकेको छ ।