प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज पनि बहस हुँदै

काठमाडौं,६ माघ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज पनि बहस हुँदैछ । हिजो वरिष्ठ अधिवक्ता डा।चन्द्रकान्त ज्ञवालीले बहस गर्दागर्दै बहस सकिएकाले आजको बहसको सुरुवात उहाँले नै गर्नुहुनेछ ।

हिजो भएको बहसमा अधिवक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले पद जोगाउनकै लागि प्रतिनिधिसभा विघटन गरेको जिकिर गरेका थिए । रिट निवेदकहरुका तर्फबाट हिजो पाँच जना अधिवक्ताले बहस गर्दै विघटनको सिफारिस बदर गरी संसद पुनःस्थापना हुनुपर्ने माग दोहो¥याएका थिए ।

हिजो अधिवक्ताहरु डा शिवकुमार यादव, शेरबहादुर ढुङ्गाना, हर्कबहादुर रावल, डा रुद्र शर्मा र डाक्टर ज्ञवालीले बहस गर्नुभएको थियो ।