बढ्यो सुनको मुल्य

काठमाडौं, ७ माघ ।

बुधबार पनि सुनको मूल्य बढेको छ । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छपावाला सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।

बुधबार चाँदीको बढेर प्रतिला १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रति तोलामा १२४५ रुपैयाँमा कारोबार भएको थियो ।