भारतले नेपाललाई दियो १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप, बिहिबार काठमाडौं आउने

काठमाडौं,७ माघ ।

भारतले नेपाललाई कोरोना भाइरस संक्रमणविरुद्धको खोप हस्तान्तरण गरेको छ । भारतले १० लाख डोज खोप अनुदानमा दिएको हो ।

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीलले भारतलेे १० लाख डोज खोप दिएकाे जानकारी दिए । पत्रकार सम्मेलनमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राकाेसमेत उपस्थिति रहेकाे थियाे ।

मन्त्री त्रिपाठीले पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी र शव व्यवस्थापनमा खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । मन्त्री त्रिपाठीकाअनुसार उक्त खोप बिहिबार (भोली) नै नेपाल आइपुग्नेछ ।