आजको मौसम: केही स्थानमा हावाहुरीसहित वर्षा हुने
प्रकाशित मिति: मंगलबार, बैशाख ०७, २०७८ | ८:०६:४३
काठमाडौँ वैशाख ७-
मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम, कर्णालीलगायत प्रदेशका पहाडी भू(भागका केही स्थानमा अपराह्नपछि मेघ गर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित क्षणिक वर्षा हुन सक्ने जनाएको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा लुम्बिनी प्रदेशमा बदली हुने महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार आज अपराह्नपछि पश्चिमी भू-भागमा स्थानीय वायुका साथसाथै पश्चिमी वायुको प्रभाव रहने छ । अहिले उच्च पहाडी भू-भागमा बदली भइरहेको जनाइएको छ ।
भोलि देशभर बदली रही सुदूरपश्चिम, कर्णालीलगायत प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ । केही स्थानमा तुवाँलो लाग्ने सम्भावना छ ।
बिहीबार दिउँसो देशभर बदली रही केही स्थानमा क्षणिक वर्षाको सम्भावना छ । त्यस्तै केही स्थानमा तुवाँलो लाग्ने महाशाखाको पूर्वानुमान छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख ०७, २०७८ |
८:०६:४३
595