कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप आजदेखि
प्रकाशित मिति: मंगलबार, बैशाख ०७, २०७८ | ८:५०:३८
काठमाडौँ वैशाख ७-
सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप लगाउँने भएको छ । खोपको पहिलो डोज लिएकाहरूलाई आजदेखि दोस्रो डोज दिन लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोपको पहिलो डोज लगाएका पहिलो र दोस्रो प्राथमिकताका लक्षित समूहलाई आजदेखि दोस्रो डोज लगाउन लागिएको हो । माघ १४ देखि १० फागुनसम्म पहिलो डोज लगाएका स्वास्थ्यकर्मी सरकारी कर्मचारी सुरक्षाकर्मी सरसफाइकर्मी पत्रकार कुटनीतकि नियोगका कुटनीतिज्ञ तथा सो नियोगका कर्मचारी सार्वजनिक संस्थान तथा बैंक र वित्तीय संस्थाका कर्मचारीलाई आजदेखि खोपको दोस्रो मात्रा लगाइँन लागिएको हो ।
प्रकाशित मिति : मंगलबार, बैशाख ०७, २०७८ |
८:५०:३८
265