खैरहनीमा एमालेको कमिटि,अध्यक्षमा रुपाखेती,युवा संघ पनि गठन
चितवन,७ वैशाख ।
नेकपा एमाले नेता माधव कुमार नेपाल समुहले समानान्तर कमिटि गठन गर्ने क्रममा चितवनको खैरहनीमा पनि पार्टी र युवा संघको पुर्नगठन गरेको छ । उक्त समुहको भेलाले पार्टी र युवा संघ गठन गरेको हो । पार्टीको अध्यक्षमा प्रकाश रुपाखेती चयन भएका छन् । उपाध्यक्षमा रत्नवहादुर घिसिङ,सचिवमा छत्र सुवेदी,सहसचिवमा नेत्र ढुंगाना,सुन्दर मैनाली,कृष्ण प्रसाद पौडेल लगायत अन्य सदस्य चयन भएका छन् ।
त्यस्तै सोही समुहको युवा संघ नगर अध्यक्षमा कुमार थापा चयन भएका छन् ।
उनी तरुण दल परित्याग गरि युवा संघको अध्यक्ष वनेका हुन् । बरिष्ठ उपाध्यक्षमा अशोक चौधरी,उपाध्यक्षहरुमा गायत्री कुँवर,भीम थापा मगर,हरि प्रसाद रिजाल र विक्रम श्रेष्ठ,सचिवमा लिलाराज गुरुङ,कोषाध्यक्षमा तेज नारायण श्रेष्ठ तथा सहसचिवहरुमा अर्जुन तिवारी,सौगात त्रिपाठी,अरुण प्रधान,रुपेश उप्रेती,दिपेश क्षेत्री,रिशु थापा,आकाश शर्मा,परशुराम चौधरी,विनोद केशी र श्याम चौधरीचयन भएका युवा संघ जिल्ला उपाध्यक्ष तीलकमणि पाठकले वताए । कमिटि पुर्नगठनका अवसरमा तरुण दल र वाईसिएल परित्याग गरि १५० जना युवा संघमा प्रवेश गरेका थिए ।