वैशाख २७ पछि कतारी नोट साट्न नपाइने
प्रकाशित मिति: मंगलबार, बैशाख ०७, २०७८ | १३:३६:३२
काठमाडौं,७ वैशाख।
नेपाल राष्ट्र बैंकले कतारी नोट २७ वैशाखभित्र साट्न सवै सर्वसाधारणलाई सार्वजनिक सूचना जारी गरेको छ।
कतारले चलनचल्तीमा रहेका नोटहरु बन्द गर्न लागेको हुँदा राष्ट्र बैंकले हाल चलनचल्तीमा रहेका कतारी रियाल नोटहरुलाई सटही गर्न आग्रह गरेको हो । कतारको केन्द्रीय बैंकले आगामी १ जुलाई (१७ असार) बाट चल्तीचलनमा रहेका नोटहरु नचल्ने निर्णय गरेकाले राष्ट्र बैंकले कतारी नोट सटही गर्न भनेको हो ।
कतारी केन्द्रीय बैंकले नयाँ नोट ल्याउन लागेकाले चौथो संस्करणका कतारी नोट हटाउन लागेको हो । वैशाख २७ पछि नोट साट्न बाध्य नहुने राष्ट्र बैंकले जनाएको छ।
प्रकाशित मिति : मंगलबार, बैशाख ०७, २०७८ |
१३:३६:३२
639