बस र ट्रक ठोक्किँदा १ जनाको मृत्यु, २४ घाइते
प्रकाशित मिति: मंगलबार, बैशाख ०७, २०७८ | १६:३४:०३
बुटवल ,७ बैशाख ।
कपिलवस्तुमा भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ।
जिल्लाको वाणगंगा नगरपालिका–२ का २७ वर्षीय कृष्ण कुवँरको उपचारको क्रममा बुटवलको चौराहा हस्पिटलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा परी गम्भीर घाइते भएका अन्य ५ जनाको बुटवलमा उपचार भइरहेको छ। बुटवलबाट कृष्णनगरतर्फ जाँदै गरेको लु १ ख ५६८४ नम्वरको यात्रुवाहक बस र विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ३०१२ नम्बरको मालबाहक ट्रक मंगलवार कपिलवस्तुको बुद्धभूमि ९ सुरगरवरवा नजिक ठक्कर खाँदा २४ जना घाइते भएका थिए।
प्रकाशित मिति : मंगलबार, बैशाख ०७, २०७८ |
१६:३४:०३
1321