‘सतिसाल’अभागीकोे सम्झना

देउखुरी, ६ जेठ ।

आँधी र हुरी नचलेको बेला
वातावरण स्तब्ध र शान्त भएको घडीमा
एउटा नर्कट पनि छाती खोलेर ठिङ्ग उभिन सक्छ
एउटा कायरले पनि बहादुरीका लामालामा कुरा गर्न सक्छ
तर, मेरा मित्र
आँधी र हुरी चलिरहेका बेलामा
वातावरण गतिशील र अशान्त भएको घडीमा
पहाडको चुचुरोमाथि आँधी र हुरी सँगै पैंँठेजोरी खेल्दै
एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ(अभागी)
दंगाली कम्युनिष्ट आन्दोलनका धरोहर नेत्रलाल अभागीको ३७ औंँ स्मृति दिवस सामाजिक सञ्जालबाट सम्झना गरिएको छ । उहाँ जनकवि र शिक्षाप्रेमी पनि हुनुहुन्थ्यो ।
प्रदेशसभा सदस्य रेवतीरमण शर्माले दंगालीका धरोहर अभागीलाई कसैले पनि भुल्न नहुने बताउनुभयो । नेत्रलालकी धर्मपत्नी विष्णु शर्माले शहीद नेत्रलाल अभागीप्रति श्रद्धा सुमन व्यक्त गर्नुभयो ।
अभागीको जन्म विसं २००१ पुस २७ गते दाङको धर्ना गाविस वडा नं २, सिसैपुर गाउँमा भएको हो । पिता मोहनलाल र माता जयन्ती उपाध्यायका दशौंँ सन्तानमा अभागी कान्छा हुनुहुन्थ्यो । उहाँको प्रारम्भिक शिक्षा पनि घरमा नै भयो । विसं २००८ तिर उहाँ महेन्द्र मिडिल स्कूल धर्नामा भर्ना हुनुभयो र त्यहाँ कक्षा ७ सम्मको अध्ययनपछि माध्यमिक तहको अध्ययनका लागि भरतपुरस्थित पद्मोदय पब्लिक माविमा भर्ना हुनुभयो । दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरेपछि उहाँले महेन्द्र बहुमुखी क्याम्पस भरतपुरबाट सबैभन्दा बढी लब्धाङ्क ल्याएर प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गर्नुभयो । अध्ययनका लागि काठमाडौंँ जानुभएका अभागीले त्यहाँ प्रावि शिक्षकको जागिर खाएर २०२२ सालमा नेपाली विषयमा बिएअनर्स द्वितीय श्रेणीमा उत्तीर्ण गर्नुभएको थियो ।
अभागीको जीवनको सबैभन्दा महत्वपूर्ण पाटो राजनीति हो । साहित्यिक क्षेत्रमा समेत उहाँका महत्वपूर्ण योगदान छ । अभागीको चर्चित कवितासंग्रह ‘सतिसाल मात्र ठिङ्ग उभिन सक्छ’ प्रकाशित छ । उहाँका कविता सामाजिक विषमता, परिवर्तन, प्रकृति, जीवनदर्शन, शत्रुतामित्रता, विभिन्न चुनौती, धर्म, संस्कृति, परम्परा आदि विषयसँग सम्बद्ध छन् ।
उन्नाइस वर्ष लामो राजनीतिक जीवनमा ११ वर्ष त उहाँ भूमिगत नै हुनुभयो । भूमिगतकाल अत्यन्त कठोर थियो । उहाँले २०११ सालदेखि आपूm शिक्षक÷विद्यार्थी छँदा नै कम्युनिष्ट राजनीति शुरु गर्नुभएको थियोे । आफ्नो जिम्मेवारी पूरा गरी जीवन पार्टी र समाज परिवर्तनका लागि निर्भीकता र इमान्दारीका साथ अर्पण गर्नुभएका अभागीको २०४१ साल जेठ ६ गतेका दिन पार्टीको कामका लागि दाङबाट देउखुरी जाँदै गर्दा चैलाही गाविस थरिकोट फेदी बौराह खोला नजीक सुकेखोलाको किनारमा मृत्यु भएको थियो । रासस