सेतीबाट निकाल्न सकिएन शव
प्रकाशित मिति: आइतबार, आषाढ ०६, २०७८ | २१:०३:०५ 0 minutes
डोटी, ६ असार ।
डोटीको शिखर नगरपालिका–६ अणिउलस्थित सेती नदीमाआज दिउँसो भेटिएको शव अझै निकाल्न सकिएको छैन । सेती नदीमा पानीको बहाब बढी भएका कारण शव निकाल्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताउनुभयो । । नदीको बिच भागमा शव भएकाले महिला वा पुरुष कसको हो भन्ने छुट्टयाउन पनि नसकिएको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति : आइतबार, आषाढ ०६, २०७८ |
२१:०३:०५
89