क्लिक टु सर्पोटद्धारा सिद्धिका एक सय परिवारलाई खाद्यान्न वितरण
प्रकाशित मिति: आइतबार, आषाढ ०६, २०७८ | २१:५१:३०
चितवन , ६ असार।
चितवनको सिद्धिका एक सय परिवारलाई खाद्यान्न वितरण गरिएको छ । कालिका नगरपालिका वडा नम्बर ११ का एक सय चेपाङ परिवारको लागि शनिबार खाद्यान्न वितरण गरिएको हो ।
अस्ट्रेलियामा रहेको नेपालीहरुको संस्था क्लिक टु सर्पोटको सहयोगमा खाद्यान्न वितरण गरिएको थियो । एक सय परिवारको लागि चामल , नुन , तेल , दाल , स्वायविन लगायतको सामाग्री वितरण गरिएको थियो । क्लिक क्लिक टु सर्पोट संस्थाले अस्ट्रेलियामा समस्यामा परेका नेपालीहरु तथा आवश्यकता अनुसार नेपालमा समेत सहयोग गर्दै आइरहेको संस्थाका प्रतिनिधि बलदेव राउतले बताए ।
भिडियो
प्रकाशित मिति : आइतबार, आषाढ ०६, २०७८ |
२१:५१:३०
639