
काठमाडौं,८ माघ ।
चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेको घोषणा गरेका छन् ।
चर्चित कार्यक्रम ‘सीधा कुरा जनतासँग’का सञ्चालक लामिछानले बुधबार साँझ सामाजिक सञ्जालमार्फत ९बिहीबार० आज प्रसारण हुने कार्यक्रमसँगै न्युज २४ टेलिभिजनबाट बिदा हुने घोषणा गरेका हुन् ।
जनताको चासो र गुनासोलाई प्रमुख प्राथमिकताका साथ प्रस्तुत गर्ने रविले अव के गर्लान् सवैको चासो छ । त्यस बारेमा उनले केही बोलेका छैनन् । उनले ट्वीटरमा भनेका छन्, ‘२४ टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछु‘।’
उनले सुखद सहयात्रामा साथ दिने सम्पूर्ण न्यूज २४ टेलिभिजनको परिवारप्रति आभार व्यक्त गरेका छन् ।