
काठमाडौं,८ माघ ।
प्रेस संगठन नेपालले आज आफ्नो दोस्रो राष्ट्रिय भेलाको आयोजना गरेको छ । राष्ट्रिय सभागृह काठमाडौंमा बिहान ११ बजे कार्यक्रम राखिएको संगठनले जनाएको छ ।
सो भेलामा आज प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।
सो कार्यक्रममा देशभरिबाट सहभागी हुन आउन पनि अपिल गरिएको छ ।