पछिल्लो २४ घण्टामा ३३६ जना कोरोना संक्रमित थपिए ,४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३३६ जना कोरोना संक्रमित थपिए ,४ जनाको मृत्यु

काठमाडौं, ८ माघ  ।

नेपालमा पछिल्लो २४ घण्टामा   ३३६ जना कोरोना  संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०३० जनामा गरिएको परीक्षणमा बिहीबार थप ३३६ जना संक्रमित थपिएका हुन्।

योसंगै  नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ जना पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९७९ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २२६ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६२ हजार ८६८ पुगेको छ।

मन्त्रालयको अनुसार निको हुनेको दर ९७.९ प्रतिशत रहेको छ। नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १७२ रहेको छ ।