चितुवाको छालासहित एक जना पक्राउ

चितुवाको छालासहित एक जना पक्राउ

बझाङ,९ फागुन ।

नेपाल प्रहरीले बझाङबाट चितुवाको १ थान छालासहित एक जना नियन्त्रणमा लिएको छ । बुङ्गल नगरपालिका-८ मसनिसेरा भन्ने स्थानबाट चितुवाको १ थान छाला सहित सोही नगरपालिका दासपाला बस्ने ४० वर्षीय रधुबीर बोहरालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

चितुवाको छाला बोकी हिँडिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङ र ईलाका प्रहरी कार्यालय बुङ्गलबाट खटिएको प्रहरीले उनलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।