कोरोना संक्रमित दाङका एक पत्रकारको मृत्यु
प्रकाशित मिति: बुधबार, बैशाख ०८, २०७८ | ११:५७:३९
बुटवल,८ वैशाख ।
कोरोना संक्रमित दाङका एक पत्रकारको उपचारका क्रममा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ का ४० पुरुषको काठमाडौंमा मंगलबार राति मृत्यु भएको हो ।
केही हप्ता पहिले टाइफाइड देखिएका उनमा चैत २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका थिए । पछि काठमाडौं लगिएको थियो।
प्रकाशित मिति : बुधबार, बैशाख ०८, २०७८ |
११:५७:३९
331