कांग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजकमा महादेवप्रसाद नियुक्त
प्रकाशित मिति: बुधबार, बैशाख ०८, २०७८ | १४:५७:२८
काठमाडौँ, ८ वैशाख ।
नेपाल कांग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजकमा महादेवप्रसाद यादव नियुक्त भएका छन् ।
बुधबार बिहान बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले पूर्वमहान्यायाधिवक्ता यादवलाई निर्वाचन समितिको संयोजकमा नियुक्त गरेको हो ।
कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीले निर्वाचन समितिको संयोजकबाट राजीनामा दिएका थिए ।
प्रकाशित मिति : बुधबार, बैशाख ०८, २०७८ |
१४:५७:२८
309