युवराज खतिवडा कोस्टारिकाका लागि पनि राजदुत नियुक्त
प्रकाशित मिति: सोमबार, आषाढ ०७, २०७८ | १५:४३:५६ 0 minutes
काठमाडाैं ,७ असार ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाका लागि नेपालको आवासीय राजदूत डा युवराज खतिवडालाई कोस्टारिकाका लागि समेत गैरआवासीय राजदूत पदमा नियुक्त गरेकी छिन्।
सोमबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम खतिवडालाई कोस्टारिकाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी हुन्।
गत पुस ७ गते राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम सरकार, मन्त्रिपरिषद्को सिफारिसमा खतिवडालाई अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी थिइन्।
प्रकाशित मिति : सोमबार, आषाढ ०७, २०७८ |
१५:४३:५६
67