चितुवाको छालासहित चार जना पक्राउ

Desk
  |   
प्रकाशित मिति: मंसिर ०५, २०७८
71 Shares

सुर्खेत, ५ मंसिर । चितुवाको छालासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सुर्खेतको बराहाताल गाउपालिका –५ बड्डिचौरस्थित एक होटलबाट चितुवाको छालासहित छाम पंचदेवल नगरपालिका– ८ का ३५ वर्षीय कमल शाही, सोही ठाउँका २२ वर्षीय चक्रबहादुर शाही, अछाम रामारोशन गाउँपालिका–४ का २१ वर्षीय ओपेन्द्र शाह र दैलेख चामुन्डाबिन्द्रासैनी नगरपालिका–२ का ३५ वर्षीय विमल शाही पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार विशेष सूचनाको आधारमा प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएकाे संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरू पक्राउ परेका हुन् । उनीहरूबाट प्रहरीले तीन वटा चितुवाको छाला बरामद गरेकाे छ । घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Desk
प्रकाशित मिति: मंसिर ०५, २०७८
71 Shares
Footer ads