सुनको भाउ आज शुक्रबार पनि बृद्धि

काठमाडौँ, ९ माघ

सुनको भाउ आज शुक्रबार पनि बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बृद्धि भएको हो ।

हिजो बिहीबार ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज शुक्रबार ९२ हजार ९०० रुपैयाँ पर्नेछ । सोही परिमाणको तेजावी सुन आज ९२ हजार ४०० रुपैयाँमा कारोबार हुनेछ ।

यता, चाँदीको भाउ भने घटेको छ । हिजो प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा एक हजार २६० रुपैयाँमा कारोबार हुनेछ ।