महासभाले कारबाही गरेको भुषाललाई पर्सा खैरहनी जेसिजमा आसन ग्रहण गर्न बोलाएपछि हंगामा

महासभाले कारबाही गरेको भुषाललाई पर्सा खैरहनी जेसिजमा आसन ग्रहण गर्न बोलाएपछि हंगामा

चितवन , १० फागुन।

नेपाल जेसिजको महासभाले कारबाही गरेको व्यक्तीलाई कार्यक्रममा आसन ग्रहण गर्न बोलाएपछि हंगामा मच्चिएको छ । पर्सा खैरहनी जेसिजको आइतबार बेलुका भएको पदहस्तान्तरण कार्यक्रममा नेपाल जेसिजले कारबाही गरेको पुर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रमेशचन्द्र भुषाललाई आसन ग्रहणको लागि औपचारिक रुपमा बोलाएपछि कार्यक्रममा खैलाबल्ला मच्चिएको थियो ।

पुसमा भएको महासभाले भुसाललाई ३ बर्षसम्म जेसिजको कुनैपनि कार्यक्रममा आसन ग्रहण , स्वागत सम्मान नगर्ने गरि कारबाही गरेको नेपाल जेसिजको बर्ष २०२० को राष्ट्रिय उपाध्यक्ष कृष्ण सापकोटाले जानकारी दिए ।

भुषाललाई कार्यक्रममा आसनग्रहणको लागि उद्घोषकले बोलाउन साथ कार्यक्रममा रहेका पर्सा खैरहनी जेसिजका संस्थापक अध्यक्ष केशव पाठक , निर्वाचन अधिकृत शंकर कंडेल लगायत पुर्व अध्यक्षहरुको टोली आपत्ती जनाउदै कार्यक्रम स्थलबाट बाहिर निस्किएका थिए । त्यसपछि हलभित्र जान लागेका भुषाल मञ्चमा नगई कार्यक्रम स्थलबाट बाहिरिएका थिए । भुषाल कार्यक्रम स्थलबाट बाहिरिएपछी मात्रै निर्वाचन अधिकृत कंडेल कार्यक्रममा सहभागी भए भने संस्थापक अध्यक्ष लगायतको टोलि त्यसपछि हलभित्र प्रवेश नै गरेनन् ।