बसले ठक्कर दिँदा एक महिलाको मृत्यु

बसले ठक्कर दिँदा एक महिलाको मृत्यु

काठमाडौँ,१० फागुन ।

जावलाखेलमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । सोमबार दिउँसो साढे १ बजेतिर भैंसीपाटी जाँदै गरेको बसले स्कुटरलाई ठक्कर दिँदा घाइते भएकी महिलाको मृत्यु भएको हो ।

 

जावलाखेल चोक नजिकै बा २ ख ३५७४ नम्बरको बसले प्र ३–२–०१० प ५५८९ नम्बरको स्कुटरलाई बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालक अन्दाजी ३४ वर्षीया महिलाको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको परिसरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले जानकारी दिएकी छिन् ।

 

जावलाखेल चोक नजिकै ट्राफिक प्रहरीले चेकिङ गरिरहेको बेला उक्त महिलाले कागजात नबोकेको कारण भाग्न खोजेको र सोही समयमा पछाडिबाट बसले ठक्कर दिएको प्रहरीको भनाई छ ।

 

दुर्घटनामा परेकी महिलाको कागजातहरु खोज्दा नभेटिएकोले बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान गरिरहेको छ ।