पछिल्लो २४ घण्टामा थपिए १२५ कोरोना संक्रमित , सक्रिय संक्रमित १५ सय

पछिल्लो २४ घण्टामा थपिए १२५ कोरोना संक्रमित , सक्रिय संक्रमित १५ सय

काठमाडौं, १० फागुन ।

पछिल्लो २४ घण्टाभित्र नेपालमा एक सय २५ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ७३ हजार पाँच सय ५६ पुगेको छ।

उक्त अवधिमा तीन हजार छ सय ८१ जनाको पीसीआर परीक्षण गर्दा एक सय २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९० जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ९६६ पुगेको छ ।नेपालमा निको हुने प्रतिशत ९८ दशमलव ७ रहेको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २०६१ रहेको छ । पछिल्लो २४ घण्टामा कुनैपनि कोरोना संक्रमितको मृत्यु भएको छैन ।

यस्तै, हालसम्म ६६ जना क्वारेन्टीनमा रहेका छन् ।