नारायणहिटी अगाडि ओलीको पुतला बनाएर जुत्ता प्रहार

नारायणहिटी अगाडि ओलीको पुतला बनाएर  जुत्ता प्रहार

काठमाडौं,१० फागुन ।

प्रचण्ड-माधव पक्षका विद्यार्थी संगठन अनेरास्ववियूले नारायणहिटी अगाडि प्रतिगमनको विरोधमा जुत्ता हानेर प्रदर्शन गरेका छन् ।

सयौंको संख्यामा जम्मा भएका कार्यकर्ताले सोमबार विभिन्न नारावाजी गर्दै जुत्ता प्रहार गरेका हुन् । केपी ओलीको प्रतिमा बनाएर उनीहरुले त्यसलाई ‘प्रतिगमन’ को संज्ञा दिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा संसद विघटन गरेपछि प्रचण्ड-माधव समूह आन्दोलित छ । चौथो चरण अन्तर्गत यो समूहले मानव साङ्ग्लोले टुँडिखेल घेराउ गरेको थियो ।