संवादहीनता तोड्दै ओली-नेपालले गरे मारियट होटलमा २ घण्टा छलफल
प्रकाशित मिति: बिहिबार, बैशाख ०९, २०७८ | ७:५९:५५
काठमाडौँ वैशाख ९-
सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको लामो समयको संवादहीनता अन्त्य भएको छ । काठमाडौंस्थित होटल मारियटमा करिब दुई घण्टा प्रधानमन्त्री ओली र नेपालबीच एक्ला एक्लै वार्ता भएको हो ।
पार्टी अध्यक्ष ओलीले माधवकुमार नेपालसहित २७ जना प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेको भोलिपल्ट दुई नेताबीच वार्ता भएको छ ।
प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडले वार्ता सकारात्मक भएको बताएका छन् । ३ चैतमा एमाले कार्यालय धुम्बाराहीमा भएको भेटवार्ता भएपछि पहिलो पटक ओली र नेपालबीच वार्ता भएको हो ।
प्रकाशित मिति : बिहिबार, बैशाख ०९, २०७८ |
७:५९:५५
1101