ट्रकको ठक्करबाट १ महिलाको मृत्यु
प्रकाशित मिति: बिहिबार, बैशाख ०९, २०७८ | १२:३३:०८
झापा,९ वैशाख ।
झापामा ट्रकको ठक्करबाट १ महिलाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका– ९ चन्द्रगढी सामुदायिक बन कार्यालय अगाडि सडक खण्डमा ट्रकको ठक्करबाट सिटी सफारी यात्रीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही स्थानकी ७५ बर्षीया गायत्री देवी प्याकुरेल रेहेकी छिन् । बिहीबार बिहान साढे ९ बजे भद्रपुरबाट चारआलितर्फ जाँदै गरेको मे१क २६७ नम्बरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको मे१ह ६४५८ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा सिटी सफारीमा सवार गायत्री देवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ट्रक, सिटी, सिटी चालक नियन्त्रणमा रहेको र ट्रक चालक फरार रहेकोले खोजतलास भईरहेको सो कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, बैशाख ०९, २०७८ |
१२:३३:०८
2399