‘संविधान मिच्ने ओलीविरुद्ध मोर्चाबन्दी गरौं’: प्रचण्ड
प्रकाशित मिति: बिहिबार, बैशाख ०९, २०७८ | १४:१७:०५
काठमाडौं,९ वैशाख ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संविधान मिचेर संसद् विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सबैलाई मोर्चाबन्दीका लागि आह्वान गरेका छन् ।
ओलीले विदेशी शक्तिको आडमा संविधान मिचेको आरोप लगाउँदै अध्यक्ष प्रचण्डले प्रतिगमनविरुद्ध सडक संघर्षमा उत्रिएका सबै शक्तिहरुबीच मोर्चाबन्दी हुनुपर्ने बताएका हुन् ।
पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भने, ‘ओलीले विदेशी शक्तिको आडमा संविधान मिचेका छन् । जसरी प्रतिगमनविरुद्ध सडकमा एक भएका थियौं । त्यसरी नै ओलीलाई सरकारबाट हटाउन मोर्चाबन्दी गरौं ।’
प्रकाशित मिति : बिहिबार, बैशाख ०९, २०७८ |
१४:१७:०५
331