अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता सकियो
प्रकाशित मिति: बिहिबार, बैशाख ०९, २०७८ | १७:०२:४४
काठमाडौं,९ वैशाख ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भएको दोस्रो वार्ता सकिएको छ ।
करिब दुई घण्टासम्म छलफल भएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली बाहिरिएका छन् । वार्ताबाट के निष्कर्ष निस्कियो भन्ने चाहिँ सार्वजनिक भएको छैन ।
ओली निस्किए पनि माधवकुमार नेपाल भने निस्किएका छैनन् । पार्टीभित्रको विवाद समाधानका लागि आजैको वार्ता निर्णायक भनिएको थियो ।
प्रकाशित मिति : बिहिबार, बैशाख ०९, २०७८ |
१७:०२:४४
683