सुनचाँदीको मूल्य बढ्यो
प्रकाशित मिति: मंगलबार, आषाढ ०८, २०७८ | १२:५७:४२
काठमाडाैं, ८ असार ।
साताको तेस्रो दिन मंगलबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा छ सय रुपैयाँले बढेर तोलाको ९१ हजार कायम भएको महासंघले जनाएको छ ।
सोमबार सुनकाे भाउ तोलामा ९० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार तोलामा १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको एक हजार तीन सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, आषाढ ०८, २०७८ |
१२:५७:४२
551