मन्त्रिपरिषद् पुनर्गठन विरुद्धको मुद्दामा आजबाट बहस शुरु
प्रकाशित मिति: मंगलबार, आषाढ ०८, २०७८ | १३:१२:३७ 0 minutes
काठमाडौं,८ असार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठनका विरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ ।
उक्त मुद्दा सुनुवाई गर्नका लागि आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगाना रहेको इजलास तोकिएको छ ।
प्रधानमन्त्री आफैँ कामचलाउन अवस्थामा रहेको अवस्थामा मन्त्रिपरिषद् पुनर्गठन गर्नु असंवैधानिक रहेको दाबी गर्दै त्यसविरुद्ध रिट परेको थियो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले मन्त्रिपरिषद् पुनर्गठनको विरुद्ध रिट दर्ता गरेका थिए ।
हाल मन्त्रिपरिषद् पुनर्गनको विरुद्ध ६ वटा रिट दर्ता भएको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीलाई विपक्षी बनाइएको उक्त रिटमा निवेदनकर्ताहरुले मन्त्रिपरिषद् पुनर्गठन रद्धको माग गरेका छन् । यसैगरी आजबाट उक्त मुद्दामा दुवैपक्षबाट बहस शुरु हुनेछ ।
प्रकाशित मिति : मंगलबार, आषाढ ०८, २०७८ |
१३:१२:३७
287