विद्यालय निर्माणका लागि २० कठ्ठा जग्गा दान
प्रकाशित मिति: मंगलबार, आषाढ ०८, २०७८ | १४:३५:३६ 0 minutes
जलेश्वर, ८ असार ।
महोत्तरीको वर्दिबास नगरपालिका–२ मा अपाङ्ग विद्यालय निर्माणका लागि दुई जना मनकारीले २० कठ्ठा जग्गा दान गर्नुभएको छ । वर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीका अनुसार अपाङ्ग बालबालिकाको शिक्षादीक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ नगरपालिकाबाट विद्यालय निर्माण लागि स्थानीय धनबहादुर दर्लामीले १५ कठ्ठा र डिकबहादुर थापाले पाँच कठ्ठा जग्गा दान दिनुभएको हो ।
नगरप्रमुख कार्कीले वर्दिबासमा अपाङ्ग विद्यालयका लागि आफ्ना करोड बढी मूल्य पर्ने जग्गा दान दिनुभएको दुवै जना मनकारीलाई नगरपालिकाले धन्यवाद दिएको छ । यता अपाङ्ग बालबालिकाका लागि आफ्नै गाउँठाउँमा विद्यालय सञ्चालनमा आउने भएपछि स्थानीय निक्कै खुशी भएका छन् । रासस
प्रकाशित मिति : मंगलबार, आषाढ ०८, २०७८ |
१४:३५:३६
309