दाङमा असार १५ गतेसम्म निषेधाज्ञा थपियो
प्रकाशित मिति: मंगलबार, आषाढ ०८, २०७८ | १६:२१:०३
दाङ,८ असार ।
दाङमा असार १५ गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले केही खुकुलो गर्दै निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
वैशाख १७ देखि सुरू भएको निषेधाज्ञा विभिन्न समय थपिँदै आज मंगलबारसम्म कायम थियो । अबदेखि सरकारी कार्यालय र बैंकहरु दिउँसो १० देखि ३ बजेसम्म र बजार बिहान ६ देखि दिउँसो २ बजेसम्म खुल्न पाउने भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।
दाङमा अहिले कोरोनाका सक्रिय बिरामी २५६ जना रहेको र वैशाखयता ७७२० जनामा कोरोना संक्रमण भएको पौडेलले बताए । तीमध्ये ७२६६ जना निको भएको र १९८ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : मंगलबार, आषाढ ०८, २०७८ |
१६:२१:०३
265