भरतपुरको बाईपास सडकमा शंकासपद बस्तु फेला

भरतपुर, १० माघ

भरतपुरको बाईपास सडकमा शंकासपद बस्तु फेला परेको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको आह्वानमा भरतपुुर आँखा अस्पताल रोड  छेउँमा शंकस्पद वस्तु फेला परेको हो । सो बस्तु बम भएको आशंकामा नेपाली सेनााको डिस्पोजल टोलीले डिस्पोज को लागि घटनास्थल तर्फ जादै गरेको छ ।

हाल सो क्षेत्रलाई  निषेधित क्षेत्र घोषण गरीएको छ । त्यहाँ वरीपरी कुनै पनि सवारी साधन आवतजावत गर्न दिईएको छैन ।