कठारमा ४२ जनाले गरे रक्तदान

चितवन , १० माघ।
खैरहनिको कठारमा शनिबार ४२ जनाले रक्तदान गरेका छन् । अलायन्स क्लब अफ कठारको आयोजनामा रक्तदान कार्यक्रम भएको थियो । सो कार्यक्रममा महिला र पुरुष गरि कुल ४२ जनाले रक्तदान गरेको अलायन्स क्लब अफ कठारका अध्यक्ष सुन्दर मैनालीले जानकारी दिए ।                                                रगतको अभावलाई पुर्ती गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए । चितवनमा अस्पताल धेरै हुनु र बिरामीको चापका कारण प्राय सधैं रगतको अभाव हुने गरेको छ । सो कार्यक्रममा एक सय जनाले रक्तदान गर्ने लक्ष्य लिइए पनि बन्दको प्रभावका कारण लक्ष्य पूरा हुन नसके कार्यक्रम संयोजक मनोज चौधरीले बताए । अलायन्स क्लब अफ कठारका अध्यक्ष मैनालिको अध्यक्षता तथा खैरहनी १० का वडा अध्यक्ष कारिराम चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।