भारतको राजधानी नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३०६ जनाको मृत्यु
प्रकाशित मिति: शुक्रबार, बैशाख १०, २०७८ | ६:५५:११
भारत बैशाख १०
एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३०६ जनाको मृत्यु भएको छ । सोही समयावधिमा २६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार सोही अवधिमा नयाँ दिल्लीमा १९ हजार ६०९ जना संक्रमित निको भएका छन् ।
भारतीय सरकारी तथ्यांकअनुसार दिल्लीमा यसबेला ९१ हजार ६ सय १८ जना कोरोनाका बिरामी रहेका छन् भने अहिले सम्म १३ हजार १९३ जनाको संक्रमणकै कारण मृत्यु भैसकेको छ । भारतमा पछिल्लो समय २४ घण्टामा ३।१४ लाख नयाँ संक्रमति थपिएका छन् भने एकैदिन २१ सय ४ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख १०, २०७८ |
६:५५:११
353