कोभिड अस्पतालमा आगलागी, १३ जनाको मृत्यु
प्रकाशित मिति: शुक्रबार, बैशाख १०, २०७८ | १२:०१:३९
एजेन्सी,१० वैशाख ।
छिमेकी राष्ट्र भारतमा कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १३ जनाको निधन भएको छ । मुम्बईस्थित विजय वल्लभ अस्पतालमा आगलागी हुँदा उपचाररत १३ जनाको निधन भएको हो ।
अस्पतालको आइसियू वार्डमा आगलागी भएको थियो । शुक्रबार बिहान शर्ट सर्किटका कारण भएको आगलागीमा परी १३ जना कोरोना बिरामीको जलेर मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बिहान करिब साढे ३ बजेतिर अस्पतालमा आगलागी भएको हो । २ घण्टापछि साढे ५ बजे आगलागी नियन्त्रणमा आएको थियो । आगलागी भएको आइसियू वार्डमा १७ जना कोरोनाका बिरामी उपचाररत थिए ।
अस्पतालमा भएको आगलागीको विषयमा छानविन सुरु भएको छ । यसअघि महाराष्ट्रको नासिकस्थित एक अस्पतालमा अक्सिजन लिक हुँदा २४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
प्रकाशित मिति : शुक्रबार, बैशाख १०, २०७८ |
१२:०१:३९
265