गंगा नदीमा खस्यो जीप, १० जनाको मृत्यु
प्रकाशित मिति: शुक्रबार, बैशाख १०, २०७८ | १२:१५:१९
एजेन्सी,१० वैशाख ।
भारतको बिहार राज्यको राजधानी पटनामा शुक्रवार जीप दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ ।
पीपा पुलबाट जाँदै गरेको जीप गंगा नदीमा खसेको हो । जीपमा १५ जना थिए । उनीहरू सबै एउटै परिवारको सदस्य भएको बताइएको छ ।
घटनाको जानकारी पाउनेबित्तिकै अधिकारीहरू घटनास्थल पुगेका छन् र उद्धारको काम थालेका छन् ।
प्रकाशित मिति : शुक्रबार, बैशाख १०, २०७८ |
१२:१५:१९
661