भोजपुरमा जन्ती बोकेको गाडी दुर्घटना, चारजना घाइते
प्रकाशित मिति: शुक्रबार, बैशाख १०, २०७८ | १३:१८:०९
भोजपुर, १० वैशाख ।
भोजपुरमा जन्ती बोकेको गाडी दुर्घट्ना हुँदा ४ जना घाइते भएका छन् । साल्पासिलिछों गाउँपालिका–२ कुलुङवाट ट्याम्केमैयुङको दिल्पा विहेको जन्ती लिएर जाँदै गरेको ग३च.३६३२ को फोर्स गाडी विहान ५ः३० बजे षडानन्द नगरपालिका–५ चिउरीवोटेमा चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाईते हुनेमा साल्पासिलिछों–२ का बर्ष ४७ का घनश्याम गिरी, बर्ष ४८ का बालकृष्ण गिरी, बर्ष ६० का बासुदेव गिरी र सोहि ठाउँका बर्ष ३५ का निल वहादुर चौहान रहेको प्रहरीले जनाएको छ । दुर्घटना भएको गाडी ५ मिटर तल झरेको थियो । गाडीमा वेहुला सहित १४ जना जन्ती रहेका थिए ।
घाईते सवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाईते सवैलाई उपचारको लागि संखुवासभाको मनकामना हस्पिटल तुम्लिङटार पठाईएको जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख १०, २०७८ |
१३:१८:०९
551